जनता टाइम्स

१० बैशाख २०७७, बुधबार ११:२२

केन्द्रीय कारागारका दुई नर्सको पीसीआर रिपोर्ट नेगेटिभ


काठमाडौं, बैशाख १०

काठमाडौंको केन्द्रीय कारागारका दुई नर्सको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । र्‍यापिड डाइग्‍नोस्टिक टेस्ट किट परीक्षणमा पोजिटिभ नतिजा देखिएका दुईजना नर्सको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।

केन्द्रीय कारागार अस्पताल जगन्‍नाथदेवलका व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले दुवै जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको पुष्टि गर्नुभयो ।

आरडीटी किट परीक्षणमा ती नर्सहरूमा पोजिटिभ देखिएपछि टेकुस्थित अस्पतालकै आइसोलेसनमा राखिएको थियो । अस्पताल स्रोतले दिएको जानकारी अनुसार उनीहरूको पीसीआर नेगेटिभ आएपछि डिस्चार्ज गर्ने भएको छ ।