काठमाडौं, बैशाख ११
काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएका छन् । ५८ वर्षिया छोरा र उनका ८१ वर्षिया आमामा कोरोना देखिएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बिहीबार दिउँसो दुवै जनालाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो । चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरूलाई केही दिनअघि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
उनीहरूलाई वैशाख १ गते र्यापिड टेस्ट गर्दा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको थियो । त्यही दिन उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएको १० दिनपछि उनीहरू डिस्चार्ज भएका हुन् ।
नेपालमा कोरोनाभाइरसको संक्रमणपश्चात सबैभन्दा छिटो निको भएका यिनीहरू नै हुन् । अहिलेसम्म ९ जना संक्रमित उपचारपछि घर फर्किएका छन् ।
प्रतिक्रिया दिनुहोस्