काठमाडौं, जेठ ६
सामाजिक सञ्जालमा पचास लाख दिए प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भन्दै अत्यन्तै आपत्तिजनक कमेन्ट गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालबाट प्रधानमन्त्री ओलीविरुद्ध भ्रामक र आतंकित कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका–२ घर भइ हाल बानेश्वर बस्ने ३४ वर्षीय लालबहादुर तामाङलाई प्रहरीले आज पक्राउ गरेको हो ।
५० लाख दिएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मारिदिने कमेन्ट फेसबुकमा गरेका तामाङलाई प्रहरीले आज नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार फेसबुकको दुरुपयोग गरी ५० लाख दिएमा प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भनेर कमेन्ट गर्ने सिन्धुपाल्चोकको लिसाँखु गाउँपालिका–२ घर भइ हाल बानेश्वर बस्ने ३४ वर्षीय तामाङ रहेको पत्ता लागेपछि पक्राउ गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी एउटा अनलाइनमा ‘पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छु’, भन्ने शीर्षकमा प्रकाशित समाचारमा उनले सलिम योञ्जन तामाङ भाइ नामक फेसबुक आइडीबाट कमेन्ट गरेको प्रहरीले जनाएको छ । महाशाखाले प्रमलाई नै मारिदिन्छु भनी तामाङले जनतामा भ्रम र त्रास फैल्याएकाले पक्राउ गरिएको जनाएको छ।
उनलाई बानेश्वरबाट पक्राउ गरी बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्