जनता टाइम्स

१२ बैशाख २०७७, शुक्रबार २०:३६

झापाका ६२ वर्षिय पुरुषमा देखियो कोरोना, संक्रमितको संख्या पुग्यो ४९


काठमाडौँ, बैशाख १२

झापामा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा शुक्रबार उनमा संक्रमण देखिएको हो । उनी अस्पतालको आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जसमध्ये १० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।