भरतपुर, बैशाख १३
चितवनको भरतपुर अस्पतालमा उपचाररत २७ वर्षका युवक कोरोनामुक्त भएका छन् । दोस्रो पटकको रिपोर्ट पनि नेगेटिभ आएपछि उनि कोरोनामुक्त भएको अस्पतालले जानकारी दिएको छ । उनलाई डिस्चार्जको तयारी गरिएको छ ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले दिएको जानकारीअनुसार लगातार दुईपटक नमुना परीक्षणको नतिजा नेगेटिभ अर्थात् कोरोना भाइरस नरहेको आएकाले डिस्चार्ज गर्ने तयारी गरिएको बताउनु भयो ।
उहाका अनुसार कोरोना संक्रमण भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा उनीसहित उनैका ६३ वर्षीया आमा आइसोलेसनमा छन् । गत चैत ३ गते बेलायतबाट फर्केका पूर्वी चितवन राप्ती नगरपालिका–८ ब्रह्मनगरका ती आमा–छोरामा गत शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्