जनता टाइम्स

१४ बैशाख २०७७, आईतवार ११:१०

काशी तिवारी हत्याकाण्ड : तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मन्त्री बचाउन दबाब दिएको रमेश खरेलको खुलासा


काठमाडौं, बैशाख १४

डिआइजीबाट राजिनामा दिएका रमेश खरेलले काशी तिवारी हत्याकाण्डमा तत्कालिन प्रधानमन्त्री एंव जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईमाथी गम्भिर आरोप लगाउनु भएको छ । उहाले हत्याकाण्डमा दोषी देखिएका तत्कालिन मन्त्री प्रभु शाहलाई बचाउन बालुवाटारमै बोलाएर दवाव दिएको खुलासा गर्नुभएको हो ।

एक टेलिभिजन अन्तवार्तामा उहाले तत्कालिन आइजिपी रविन्द्रप्रताप शाह, महान्यायाधिवक्ता मुक्ति प्रधानसहितलाई राखेर प्रधानमन्त्री भट्टराईले शाहलाई बचाउन निर्देशन दिनु भएको बताउनु भयो । वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै १२ असार २०६७ मा हिन्दु युवा संघका संस्थापक अध्यक्ष तिवारीको हत्या भएको थियो । त्यसबेला पर्सा जिल्लाको एसपी खरेल रहनु भएको थियो । ‘खरेलजी तपाईको इन्भेष्टिगेशनमा कुनै प्रश्न छैन, तपाई इमान्दार पुलिस अफिसर हो, कानुनको नजरमा सबै समान छ भनेर उहा(बाबुराम भट्टराई) ले भन्नुभयो’, त्यसदिन भएको घटना सम्झदै उहाले भन्नुभयो,‘एउटा उपाय निकाल्नुहोस् न त मन्त्री जी लाई बचाउने कुनै उपाय निकाल्नुहोस् न त ।’

सो दिनको घटना बारे यसो भन्नुहुन्छ खरेल

२०६८ असार १२ गते साँझ साढे ५ बजे अशोकबाटिकास्थित शिवपार्वती मन्दिर अगाडी गोली प्रहार गरी बीरगन्ज –१३ का ४५ बर्षे तिवारीको हत्या गरिएको थियो । एमाओवादीले २०६७ बैशाख १८ देखि सुरु गरेको अनिश्चितकालिक आमहड्ताल हिन्दु युवा संघको बिरोधका कारण सफल हुन नसकेपछि संघका अध्यक्ष तिवारीको हत्या भएको थियो ।