जनता टाइम्स

१४ बैशाख २०७७, आईतवार १५:५०

बिग्रह होईन, एकताको बाटो रोज्न मन्त्री भट्टराईको आग्रह


काठमाडौं, बैशाख १४

पर्यटनमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य योगेश भट्टराईले एकताको बाटो रोज्न आग्रह गर्नुभएको छ । उहाले बिग्रह भन्दा पनि एकताको बाटो रोज्न सबैसँग आग्रह गर्नुभएको हो ।

पछिल्लो समय नेकपाका नेता कार्यकर्ता वादविवादमा उत्रिरहेका बेला उहाले सबैको योगदान र भूमिकाको सम्मान गर्नुपर्ने पनि बताउनु भएको छ । सामाजिक सञ्जालमा उहाले लेख्नु भएको छ, ‘सबैको योगदान र भूमिकाको सम्मान गरौ ! बिग्रह होईन, एकताको बाटो रोजौ !!’