काठमाडौं, बैशाख १४
जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफु अपहरणमा परेको भनेर प्रहरीमा जाहेरी दिनुभएको छ । यद्यपी जाहेरी घटनास्थलमा लिने की काठमाडौंमा लिने भनेर प्रहरी र सो पार्टीका नेताबीच विवाद भएको छ ।
महानगरीय प्रहरी परिसर टेकुमा पुगेर सो पार्टीले पूर्व आइजिपी सर्वेन्द्र खनाल र सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठविरुद्ध अपहरणको उजुरी दर्ता गराउने तयारीमा छन् । तर, डा. यादवले शुरुमा यो अपहरण नभएको आफैले बयान दिनुभएको खुलेको छ । वैशाख १० गते राति महोत्तरीस्थित घरबाट तीन जनाले अपहरण गरी जवरजस्ती काठमाडौं ल्याएको आरोप समाजवादी पार्टीले लगाएपनि ११ गते विहान यादवले एक टेलिभिजनमा दिएको अन्तवार्तामा अपहरण भने नभएको उल्लेख गर्नुभएको छ ।
हिमालय टेलिभिजनमा पत्रकार बोमलाल गिरीसँग गरेको टेलिफोन वार्ताको यो अडियो सुन्नुहोस्
उहाले यतिमात्र होइन्, तीनै जनाले आफुसँग कुनै नराम्रो व्यवहार समेत नगरेको सो टेलिफोन वार्तामा गरेको प्रष्टसँग सुनिन्छ । यो पनि सुनौं
उहाले आफु हिसिला यमीसँग उहाको घरमा रहेको पनि जानकारी डा. यादवले बताउनु हुन्छ । तर, त्यसपछि साँझबाट प्रसारित भएका उहाका अन्य अन्तर्वार्तामा भने विस्तारै अपहरण भन्ने शब्द प्रकट हुन थाल्छन् । जुन अहिले विभिन्न संचारमाध्यमका सामाजिक सञ्जालमा भाइरल छन् । अखिर डा. यादवले किन बोली फेर्नुभयो । यो भने गम्भिर छानविनको विषय बनेको छ ।













प्रतिक्रिया दिनुहोस्