जनता टाइम्स

१६ बैशाख २०७७, मंगलवार ०७:१२

विश्वभर कोरोनाबाट ३० लाख ६४ हजार भन्दा बढी मानिस संक्रमित, ९ लाख २२ हजारले जिते कोरोना


काठमाडौं १६ वैशाख । महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर २ लाख ११ हजार ५ भन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै ३० लाख ६४ हजार भन्दा बढी मानिस संक्रमित भएका छन् ।

वल्र्डमिटरका अनुसार अमेरिकामा २४ घण्टाको अवधिमा मृतकको संख्यामा अघिल्ला दिनको तुलनामा केही कमी आएको छ । विश्वविद्यालयका अनुसार २४ घण्टाको अवधिमा १ हजार ३३० जनाको मृत्यु भएको छ । यो सहित अमेरिकामा विश्वमै सबैभन्दा बढी ५६ हजार ७५६ जनाको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा मृतकको संख्या १ लाख २२ हजारभन्दा बढी रहेको छ । कोरोनाभाइरस सम्बन्धी तथ्याँक उपलब्ध गराउँदै आएको वल्र्डओमिटर्स डट इन्फोका अनुसार हालसम्म विश्वभर ९ लाख २२ हजार २७६ जना उपचारपछि घर फर्किएका छन् । अझै पनि ५७ हजार ६१३ जनाको स्वास्थ्य अवस्था निकै नाजूक अवस्थामा रहेको छ । हाल संक्रमित कूल संक्रमित १९ लाखमध्ये करिब ३० लाख ५० हजार अर्थात् झण्डै ९७ प्रतिशतको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

युरोपेली मुलुकहरुमध्ये इटालीमा २६ हजार ६४४ जना, स्पेनमा २३ हजार १९० जना, फ्रान्समा २२ हजार ८५६, बेलायतमा २० हजार ७३२ जना, बेल्जियममा ७ हजार ९४ जना, जर्मनीमा ५ हजार ९७६ जना, नेदरल्यान्ड्समा ४ हजार ४७५ जना, स्वीडेनमा २ हजार १९४ जना, स्वीट्जरल्यान्डमा १ हजार ६६० जना, आयरल्यान्डमा १ हजार ८७, पोर्चुगलमा ९०३ जना तथा रसियामा ७४७ जनाको मृत्यु भएको छ ।

यसैगरी, इरानमा ५ हजार ७१० जना, चीनमा ४ हजार ६३३ जना, ब्राजिलमा ४ हजार २८६ जना, टर्कीमा २ हजार ८०५ जना, क्यानाडामा २ हजार ५६० जना, मेक्सिकोमा १ हजार ३५१ जना, भारतमा ९३९, इन्डोनेसियामा ७४३ जना, इक्वेडरमा ५७६ जनाको मृत्यु भएको छ । ९ एएफपी