जनता टाइम्स

१७ बैशाख २०७७, बुधबार १२:३१

बलिउडका चर्चित अभिनेता इरफान खानको निधन


काठमाडौं, बैशाख १७

बलिउडका चर्चित अभिनेता इरफान खानको निधन भएको छ । मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उपचार क्रममा उनको ५४ वर्षको उमेरमा मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

पेटमा संक्रमण भएकाले खानलाई मंगलबार आइसीयूमा भर्ना गरिएको थियो । गत शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो । उनकी आमा ९५ वर्षकी थिइन् ।

सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो । पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन् । इरफान खानले लाइफ अफ पाई, जुरासिक वल्र्ड, पान सिंह तोमर, पिकु, बिल्लु, हिन्दी मेडियम, अंग्रेजी मेडियम, गुन्डेजस्ता चर्चित हलिउड तथा बलिउड चलचित्रमा अभियन गरेका छन् ।