काठमाडौं, बैशाख १७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ । करिव साढे तीन घण्टा लामो बैठक बसेपछि नेताहरु सहमतिमै अगाडी बढ्न एकमत जस्तै देखिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेताहरुले पार्टीभित्रको आन्तरिक समस्या, एकताको सुदृढिकरणको महत्व, सरकार र स्थायी कमिटिको बैठकका बारेमा विचार राख्नु भएको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले यी विषयसँग जोडिएका विविध पक्षका विषयमा गम्भिर विचार विमर्श भएको जानकारी दिनुभयो ।
नेताहरुले सहमतिमै अगाडी बढ्नुपर्ने भएकाले बैशाख २० गते पुन बैठक बस्ने गरी आजको छलफल टुंगो लगाएका छन् । यद्यपी यसविषयमा अनौपचारिक छलफलहरु जारी राख्ने निर्णय पनि सचिवालयले गरेको छ । ‘छलफल जारी छ, यसविचमा पार्टी शिर्ष नेतृत्वले अनौपचारिक गृहकार्यहरु अगाडी बढाउदै २० गते पुन सचिवालयको बैठक बस्नेछ’, बैठकपछि प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘बैठकले यी सबै विषयमा अहिलेको आवश्यकतामा मेल खाने, पार्टीलाई एकतावद्ध ढंगले अगाडी बढाउने र जनताले दिएको जनादेश अनुसार सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई पनि अगाडी बढाउने कुरामा उपयुक्त निर्णय लिनेछ ।’ उहाका अनुसार आउँदो सचिवालय बैठकले आवश्यक प्रस्ताव तयार गर्ने र त्यही बैठकले स्थायी कमिटिको बैठकका बारेमा पनि निर्णय लिने बताउनु भयो ।
प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयकाे बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा अाेली र अर्का अध्यक्ष पुष्पकमल दाहाल”प्रचण्ड” काे संयुक्त अध्यक्षतामा बालुवाटारमा बस्याे ।
बैठकमा पार्टीकाे आन्तरिक एकताकाे सुदृढीकरण, सरकारका काम कारबाही, स्थायी समितिकाे बैठकलगायत विभिन्न विषयहरूमा गहन छलफल भयाे । सबै सदस्यहरूले अाअाफ्ना धारणाहरू राख्नुभयाे ।
बैठकले आन्तरिक छलफल र सरसल्लाह जारी राख्दै आगामी बैशाख २० गते पार्टी सचिवालयकाे बैठक बस्ने निर्णय गरेकाे छ ।
नारायणकाजी श्रेष्ठ
प्रवक्ता
१७ बैशाख २०७७
प्रतिक्रिया दिनुहोस्