जनता टाइम्स

१८ बैशाख २०७७, बिहीबार ०८:५८

संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा : भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार बढी


काठमाडौं, १८ बैशाख । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको छ। सोमबार थप ७१ जनाको मृत्यु भएको भारतीय अधिकारीहरुले जनाएका छन्।

भारतमा कोरोना संक्रमितको संख्या ३३ हजार ६२ पुगेको छ। भारतमा सबैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेको छ। त्यहाँ हालसम्म साढे ९ हजार ३ सय बढी संक्रमित रहेका छन् भने करिब ४ सय बढीको मृत्यु भएको छ। त्यसपछि गुजरात, दिल्ली, मध्य प्रदेश, राजस्थान, तमिलनाडु र उत्तर प्रदेशमा बढी संक्रमित रहेका छन्। सार्क मुलुकमा भारत सबै भन्दा बढी कोरोना प्रभावित मुलुकमा पनि भारत परेको छ ।

विश्वमा सबैभन्दा बढी कोरोनाको संक्रमित मुलुकको सूचीमा भारत १६ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ । एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ ।