जनता टाइम्स

१८ बैशाख २०७७, बिहीबार १२:०७

प्रधानमन्त्री ओलीको विकल्प म हो : वरिष्ठ नेता खनाल


काठमाडौं, बैशाख १८

पूर्वप्रधानमन्त्री एंव नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प आफु पनि भएको दावी गर्नुभएको छ । उहाले प्रधानमन्त्री ओलीको राजिनामा नै अहिलेको निकास भएको दावी समेत गर्नुभयो ।

पार्टीभित्र सत्ता हत्याउन सबै नेता सक्रिय रहेका बेला उहाले पनि प्रधानमन्त्रीमा दावेदारी प्रस्तुत गर्नुभएको हो । बुधबार भएको सचिवालय बैठक लगत्तै उहाले आफ्नो पनि दावेदारी प्रस्तुत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले नेता वामदेव गौतमको नाम प्रस्ताव हुँदा नेताहरूले आपत्ति नजनाएको खनालको भनाइ छ ।

‘जो हुँदा पनि आपत्तिको विषय थिएन । हामीले प्रतिवाद, विवाद केही पनि गरेनौं । हामीले उहाँको राजीनामाको माग गरेका छौं’, उहाले भन्नुभयो, ‘केपी ओलीको विकल्पमा म हो, पुष्पकलम दाहाल प्रचण्ड हो, वामदेव गौतम हो, माधव नेपाल हो । हामी चार जना हौं । चारमध्ये जुनै विकल्पमा जान हामी तयारै छौं ।’