जनता टाइम्स

१९ बैशाख २०७७, शुक्रबार ११:५२

द्धाल्खा म्यासमुचा खलकले घरघरमै पुगेर बितरण गर्यो राहात


काठमाडौं, बैशाख १९ । लकडाउनमा काठमाडौं उपत्यकाभित्र रहेका कोही पनि दोलखाली चेलिवेटीहरु भोकै नरहुन भनेर द्धाल्खा म्यासमुचा खलकले आफनो राहत अभियानलाई तीब्र बनाएको छ । विद्यार्थी, निम्न आयश्रोत भएका व्यक्ति तथा आर्थिक रुपमा कमजोर रहेका काठमाडौ भक्तपुर र ललितपुर भित्रका ४५ जना दोलखाली चेलिबेटी तथा दाजुभाईहरु र अन्य वाहिरका १२ जना गरी जम्मा ५७ जनालाई घर कोठामा नै पुगेर द्धाल्खा म्यासमुचा खलकले राहत वितरण गरेका हुन ।

संस्थाका अध्यक्ष कलावती श्रेष्ठले पीडामा परेकाहरुलाई सहयोग गर्न आफूहरुले सहयोग अभियान चलाएको बताउनु भयो । स्वेदश तथा विदेशमा रहेका दाजुभाई तथा दिदीवहिनीहरुकै आर्थिक साथ सहयोगमा गरिएको राहत वितरण कार्यमा अहिलेको यस विषम परिस्थितीमा अािर्थक समस्या र खाध्य समस्याले विहान बेलुकाको जोहो गर्न, जहान परिवार पाल्न र घर चुलोचलाउन कठिन परिस्थितमा द्धाल्खा म्यासमुचा खलकको साथ सहयोगले दोलखाली दिदीवहिनी तथा दाजुभाईहरु धेरै खुसी भएका छन ।

संस्थाका सचिव यजुमैया श्रेष्ठले आफूहरुले सानो सहयोग गर्दा पनि सवै निकै खुसी भएकोले काम गर्न थप हौसला मिलेको बताउनु भयो । कोषाध्यक्ष पुष्पा जोशीले यस कार्यमा सघाउने सवैलाई धन्यवाद दिनुभयो । ‘राहत वितरण गर्नका लागि आर्थिक संकलन गर्नु र समक्ष व्यक्तिहरुसंग हात फैलाउने कार्य आफैमा गाहे भएता पनि अहिलेको यस विषम परिस्थितिमा आफै जागरुक भै सहयोग गरेको देख्दा हामी सम्पुर्ण दाताहरु प्रति आभारी छौं,’ जोशीले भन्नुभयो ।

द्धाल्खा म्यासमुचा खलकको सामाजिक अभियान अहिले मात्र नभएर काठमाडौं उपत्यकाभित्र छरिएर रहेका दोलखाली चेलीबेटीहरुलाई बेलाबेलामा दशै, तिहार अवसरमा भेटघाट गर्ने, तिज कार्यक्रम गर्ने, बनभोज कार्यक्रम गर्ने, विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाई सर सम्मान गर्दै आएका छन् । अहिलेको अवस्थामा यस राहत अभियानले द्धाल्खा म्यासमुचा खलकको सिर सामाजिक क्षेत्रमा अझ उच्च बनाई दिएको छ ।

धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक शहरको रुपमा परिचत दोलखा जिल्लाको दोलखा बजारका नेवार समुदायका चेलिबेटीहरु आफनो जन्म घर छोडी अन्यत्र विभिन्न स्थान, जिल्लाहरुमा विवाह भएर कर्मघर गएता पनि आफनो जन्म स्थानको माया, ममता, स्नेह तथा सामिप्यता अझ पनि यथावत नै छ । नेपालको विभिन्न स्थानमा विवाह भै काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने दोलखाली चेलीहरु साँगठानिक रुपमा एकजुट भै आफनो जन्म स्थानको नाम, इज्जत र विकास निर्माणमा सधाउ पुराउन आज भन्दा १३ वर्ष अगाडि द्धाल्खा म्यासमुचा खलक स्थापना गरेका थिए ।

उक्त संस्थाले दोलखा बजार भित्र कलात्मक र भव्य पशुपति मन्दीरको पुनर्निर्माण गरी सकेका छन् भने काठमाडौंभित्र रहेर बहुसंख्यक दोलखाली चेलीवेटीहरुलाई एक जुट गराई हरेक सामाजिक गतिविधिमा आफनो अग्रणी भुमिका निभाई रहेका छन् ।