कैलाली, बैशाख १९ । कोरोना महामारीको कारण मुलुक लकडाउनमा रहेको बेला सामुदायिक बनका एक पदाधिकारी भने कमाउ धन्दामा लागेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सामुदायिक बन उपभोक्ता समितिका अध्यक्षलाई घुस रकमसहित पक्राउ गरेपछि यो तथ्य उजागर भएको हो ।
अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार सामुदायिक वन उपभोक्ता समिति उदासिपुर, कैलालीका अध्यक्ष बिर्ख धामीलाई सेवाग्राहीसँग ५० हजार रुपैया घुससहित बिहीवार पक्राउ गरिएको हो । अखितयारका अनुसार कैलाली, गौरीगंगा नगरपालिका वडा नं १० निवासी धामीले सेवाग्राहीको घरायसी झगडासम्वन्धी उग्र बनाई ईलाका प्रहरी कार्यालय मसुरीया कैलालीमा दर्ता भएको मुद्दामा प्रहरी कर्मचारीको मिलेमतोमा दुःख हैरानी दिइ सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो ।
घुस रकमसहित गौरीगंगा नगरपालिका वडा नं ८ बढैपुर बजारबाट पक्राउ परेका धामीलाइृ हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।













प्रतिक्रिया दिनुहोस्