जनता टाइम्स

६ जेष्ठ २०७६, सोमबार २२:४०

चुनाव हारेपनि एजेन्डा र नेतृत्व क्षमताले अमेरिकन नेपाली समुदायको मन जितेको सञ्जय थापा जिताऔं अभियानको निश्कर्ष


अमेरिका, जेठ ६

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका निर्वाचनमा अध्यक्षका उम्मेदवार सञ्जय थापा जिताऔं अभियानले सवै मदतादालाई धन्यवाद दिएको छ । निर्वाचनमा पराजय भएलगत्तै अभियानका संयोजक प्रभु थापाले अपिल जारी गर्दै सवै मतदातालाई धन्यवाद दिनुभएको हो । चुनावमा परिणाम जस्तो आएपनि हाम्रो एजेन्डा र नेतृत्व क्षमताले चॉहि अमेरिकन नेपाली समुदायको मन जितेको छ, अभियानका संयोजक थापाले बिज्ञप्तीमार्फत भन्नुभएको छ ।

यस्तो छ थापा जिताऔं अभियानको अपिल

आदरणीय नेपाली अमेरिकन दाजुभाइ तथा दिदीवहिनीहरु, सबैमा हार्दिक अभिवादन !

एनआरएनए एनसिसी अमेरिकाको निर्वाचन सम्पन्न भएको छ । विभिन्न षड्यन्त्र, बदमासी र खवरदारीको वावजुद सम्पन्न यस निर्वाचन अहिलेसम्मकै सबैभन्दा विवादको वीचमा सम्पन्न भएको निर्वाचन भएको छ । निर्वाचनको अघिल्लो दिनसम्म पनि निर्वाचन हुने वा नहुने भन्ने दोधार, करिव २०९३ मतदाताहरुको भेरीफिकेसन समेत नभएको भन्ने त छानविन समितिकै निष्कर्ष रहेको अवस्थामा आवश्यक छानविन नगरी निर्वाचनमा जान हुदैन भन्ने निष्कर्ष हुदॉ हुदै पनि एनसीसी र आईसीसीको निर्णयलाई वाध्यात्मक रूपमा स्वीकार गर्दै सहभागी निर्वाचनवाट आएको परिणामलार्इ सबैले शंकाको रूपमा हेरिरहेका छन।

हाम्रो चाहना सहज सदस्यता र राज्यगत स्थलगत निर्वाचन नै हो । जवसम्म आफै मतदाता बन्ने र फिजिकल रूपमा आफ्नो मत आफ्नै हातवाट हाल्ने काम हुँदैन, तवसम्म अमेरिकन नेपाली समाजले चाहे जस्तो निर्वाचन र निर्वाचित नेतृत्व पाउन सक्दैनन । कम्प्यूटरवाट वन्ने सदस्य र निर्वाचित हुने नेताहरू समुदायप्रति भन्दा बढी उत्तरदायी कम्प्यूटरप्रति नै हुन्छन । यो निर्वाचनमा संजय थापा र समुहलाई विजयी वनाउने अभियानमा सक्रिय हुन पाउंदा र अध्ययक्षका उम्मेदवार थापा र समुहका साथीहरूको सहयोगी बन्दै गर्दा प्राविधिक रूपमा नतिजा जे आए पनि हामीले सहयोग गरेका संजय थापा र टीमको एजेन्डा र नेतृत्व क्षमताले चॉहि अमेरिकन नेपाली समुदायको मन जितेको छ । हुनत ४ लाख नेपाली रहेको अमेरिकामा ९१५७ सदस्य त्यहि पनि धेरै जसो धनवहादुरको लगानीमा न्वारनसम्म हुन वॉकी २०९३ ले गरेको निर्णयलाई सिंगो नेपाली अमेरिकन समुदायको प्रतिनिधि मान्न त यो मन तयार छैन ।

निर्वाचनमा विजयी अध्ययक्ष सुनिल शाहलगायत सम्पूर्ण विजयी साथीहरूलाई हार्दिक बधाईको साथै सफल कार्यकालको शुभकामना । तपाईहरूको यो कार्यकाल नेपाली समुदायलाई विवादित हैन, एकतावद्ध बनाउन र एनआरएन आईसिसिमा महत्वपूर्ण उपलव्धी हासिल गर्दै नेपाल र नेपालीबीचमा भाईचाराको भूमिका निभाउन र २०२१ २३ को निर्वाचन फिजिकल मतदानवाट गराउन सफल होस । निर्वाचनमा सन्जय थापा र समुहको सामाजिक संस्था मर्यादित ,पारदर्शी र साझा हुनुपर्दछ भन्ने विचारसंग सहमत हुदै उहॉ र उहॉको समुहलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरूमा आभार र नमन गर्न चाहन्छु । निर्वाचनलाई व्यवस्थित वनाउन निर्माण भएका संजय थापा जिताउं अभियानका चारै निर्वाचन क्षेत्रका संयोजक लगायत सम्पूर्ण साथिहरू, उपविजेता हुनु भएका सबै साथिहरू, निर्वाचन समिति र सञ्चारकर्मी साथीहरू सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

एक पराजयले हाम्रो अविचलित यात्रा रोकिने छैन हामी सधै गलत कामहरूको खवरदारी गर्दै समाज र समुदायको हितमा अझै दृढता साथ लागिरहने छौं । अन्तमा यस निर्वाचनको दौरानमा भए गरिएका सबै कमी कमजोरीलगायत सिंगो टीमलाई विजयी वनाउन नसकेपनि हामीले सहयोग गरेका धेरै साथीहरू निर्वाचित हुनुभएको छ । अध्यक्षमा संजय थापालगायत महत्वपूर्ण पदहरूमा साथीहरूलाई विजयि गर्न नसकेकोमा संयोजकको हैसियतले सम्पूर्ण नैतिक ज़िम्मेवारी लिने अनुमति चाहन्छु । पुनः विजयी अध्यक्ष सुनिल शाहसहित सम्पूर्ण विजयी साथीहरूलाई हार्दिक बधाई ।
प्रभु थापा, संयोजक, संजय थापा जिताउं अभियान