काठमाडौं, बैशाख २०
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा आज अपरान्ह बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह साढे पाँच बजे बैठक बोलाइएको छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थायी कमिटि बैठकका विषयमा छलफल हुने बताइएको छ । यसअघि बैठक आज दिउँसो ४ बजे बस्ने तय भएपनि आन्तरिक छलफललाई नेताहरुले तिव्रता दिईरहेकाले डेढ घण्टा पछाडी सारिएको हो । आजको बैठकबाट नेकपाले अवको राजनीति कसरी अगाडी बढ्छ भनेर निर्णय लिने बताएका छन् ।
सरकारले दुईवटा अध्यादेश ल्याएपछि चर्किएको विवाद समाधान गर्न नेताहरू केहीदिनदेखि छुट्टाछुट्टै छलफलमा केन्द्रित छन् । १७ वैशाख साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विवादका विषयमा छलफल गरे पनि थप छलफल गर्न आज बैठक पुनः बस्ने सहमति भएको थियो ।
यसबीचमा नेताहरुले द्विपक्षिय र त्रिपक्षिय छलफल गरिसकेका छन् । विभिन्न विकल्पमा समेत छलफल भईरहेकाले आजको बैठकबाट ठोस निर्णय आउने नेताहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्