जनता टाइम्स

२० बैशाख २०७७, शनिबार २०:५८

बामदेवलाई प्रतिनिधिसभामा ल्याउन पहल गर्ने नेकपा सचिवालयको निर्णय


काठमाडौं, बैशाख २०

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभामा ल्याउन पहल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सचिवालय बैठकले गौतमलाई सांसद बनाउन पहल गर्ने निर्णय गरेको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई प्रतिनिधिसभाको उम्मेदवार बनाउने र सांसद बनाउन पहल गर्ने निर्णय लिएको जानकारी दिनुभयो । ‘केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउने र लैजान पहल गर्ने निर्णय पनि लिएको छ’, श्रेष्ठले बैठकपछि संचारकर्मीसँग भन्नुभयो ।