जनता टाइम्स

२१ बैशाख २०७७, आईतवार १२:३५

सचिवालयको निर्णयपछि मुख्यमन्त्री शंकर पोखरेलको निश्कर्ष : गलत प्रवृत्तिको हार र समग्र पार्टीको जीत हो


काठमाडौं, बैशाख २१

प्रदेश–५ का मुख्यमन्त्री एंव नेकपा स्थायी कमिटि सदस्य शंकर पोखरेलले सचिवालयको निर्णयबाट समग्र पार्टीको जित भएको बताउनु भएको छ । पछिल्लो समय नेकपाभित्र देखिएको विवादलाई लिएर चिन्ता भईरहेका बेला सचिवालयले गरेको निर्णयलाई उहाले समग्र पार्टीको जितका रुपमा लिनु भएको हो ।

मुख्यमन्त्री पोखरेलले योसँगै पार्टीमा गलत प्रवृत्तिको हार भएको भनि टिप्पणी गर्नुभएको छ । नेकपाभित्रको विवाद मिलाउन सक्रिय भूमिका खेल्नु भएका पोखरेलले सचिवालयको निर्णय कसैको जीत वा कसैको हारका रुपमा भने नलिन आग्रह गर्नुभयो । उहाले भन्नुभयो, ‘हिजोको सचिवालयको निर्णय कसैको जीत वा कसैको हार होइन,यो त गलत प्रवृत्तिको हार र समग्र पार्टीको जीत हो। सबैलाई बधाई।यात्रा जारी छ…।’