जनता टाइम्स

२२ बैशाख २०७७, सोमबार १३:२२

कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठक : लकडाउनका विषयमा छलफल


काठमाडौं, बैशाख २२

लकडाउनका विषयमा छलफल गर्न कोभिड–१९ रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाइएको बैठकमा लकडाउनका विषयमा छलफल हुने बताइएको छ ।

आइतवारको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको मोडालिटी बनाउन निर्देशन दिएपछि समितिले लकडाउनको स्वरूपबारे विषय विज्ञसँग छलफल गर्न लागेको हो । ४२ दिनदेखि जारी लकडाउन सरकारले पछिल्लो समय २५ वैशाखसम्म निरन्तरता दिएको छ ।

लकडाउनलाई निरन्तरता दिने वा केही खुकुलो बनाउने भन्‍ने विषयमा विभिन्‍न क्षेत्रबाट सुझाव आइरहेको बेला सरकारले विज्ञहरुसँग छलफल गरेर एउटा मोडालिटी तयार गर्न लागेको एक मन्त्रीले जानकारी दिनुभयो । यद्यपी भारतसँग जोडिएको जिल्लामा पछिल्लो समय संक्रमितको सख्या निक्कै बढ्न थालेपछि यसविषयमा पनि ठोस निर्णय हुने बताइएको छ ।