जनता टाइम्स

२२ बैशाख २०७७, सोमबार १५:०३

संघीय संसदको महासचिवमा भरतराज गौतम सिफारिस


काठमाडौँ, बैशाख २२

संघीय संसदको महासचिवमा भरतराज गौतमको नाम सिफारिस भएको छ । तत्कालिन महासचिव मनोहरप्रसाद भट्टराईले कार्यकाल पूरा गरेर निवृत्त भएपछि सो पद खाली रहेको थियो ।

सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सोमबार गौतमलाई महासचिवमा सिफारिस गर्नुभएको छ । गौतमलाई संवैधानिक व्यवस्था अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुहुनेछ । गौतम संघीय संसद सचिवालयको सचिवमा कार्यरत रहनु भएको छ ।