जनता टाइम्स

२३ बैशाख २०७७, मंगलवार १०:००

कोरोना भाइरसबाट भारतमा १ हजार ५ सय ६६ जनाको मृत्यु, ४६ हजार बढी सङ्क्रमित


काठमाडौं, बैशाख २३ । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित हुने र ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतभर कोरोना पोजेटिभ देखिएकाको सङ्ख्या ४६ हजार ४ सय ३७ भएको छ । सङ्क्रमितमध्ये ३२ हजार २४ जनाको उपचार भइरहेको छ भने १२ हजार ८ सय ४७ जना निको भएका छन् । १ हजार ५ सय ६६ जनाको ज्यान गएको छ ।

यसैबीच दिल्लीमा थप तीन नियन्त्रित क्षेत्रलाई खुला गरिएको छ । योसँगै भारतको राजधानी दिल्लीमा नियन्त्रित क्षेत्रको सङ्ख्या ९० भएको छ । खुला गरिएको क्षेत्रहरुमा अशोक नगर र आसपासको क्षेत्र, पूर्वी पटेल नगर र मोती नगर रहेका छन्, यी ठाउँलाई सोमबार सूचीबाट हटाइएको छ ।