जनता टाइम्स

२३ बैशाख २०७७, मंगलवार २०:०१

संसद बैठक अघि सबै सांसदको कोरोना परीक्षण गरिने


काठमाडौं, बैशाख २३

संसद अधिवेशन शुरु हुनुभन्दा अगाडी सबै सांसदको कोरोना परीक्षण हुने भएको छ । पिसीआर प्रविधिबाट कोरोना परीक्षण भएपछि मात्र संसद भवन भित्र छिराइने भएको छ ।

मंगलबार बसेको कार्यव्यबस्था परामर्श समितिको बैठकले सांसद र कर्मचारीको पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्ने निर्णय गरेको छ । संसदको बर्खे अधिवेशन बैशाख २६ गतेबाट शुरु हुदैछ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यबस्था परामर्श समितिको बैठकले संघीय संसदको सभाहलहरु, कक्षहरु, भवन र परिसरलाई स्यानीटाईज गर्ने पनि भएको छ ।

विश्व स्वास्थ्य संगठनले तोकेका सवै मापदण्डलाई पालना गर्दै दुरी कायम गरेर बैठकहरु सञ्चालन गर्ने, संघीय संसद भवनमा कोरोना संक्रमण हुन नदिन सबै पुर्व तयारी गर्ने र संघीय संसद भवनको सरसफाईमा विशेष ध्यान दिने निर्णय गरेको छ ।