जनता टाइम्स

२३ बैशाख २०७७, मंगलबार ००:००

स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा बुद्धजयन्तीका दिन दीप प्रज्वलन गर्न आह्वान


२३ वैशाख, काठमाडौं

सरकारले वैशाख २५ गते साँझ दीप प्रज्वलन गर्न आह्वान गरेको छ । कोरोना भाइरसको रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आव्हान गरेको हो ।

मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले बुद्धजयन्तीको अवसर पारेर कोरोना रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा साँझ ७ बजे दीप प्रज्वलन गर्न आह्वान गरेको छ ।

‘बुद्ध जयन्तीसँगै कोरोनाको महामारीविरूद्ध लडिरहेका सम्पूर्ण स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा पनि दीप प्रज्वलन गर्न आग्रह गरिएको हो’, पर्यटनमन्त्री योगेश भट्टराईले भन्नुभयो । २५ गते लुम्बिनीमा नेपालले अन्तर्राष्ट्रिय वौद्ध सम्मेलन आयोजना गरेको पनि कोरोना भाइरसको महामारीका कारण स्थगित भएको छ ।