जनता टाइम्स

२४ बैशाख २०७७, बुधबार १४:१६

सबै सिमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय


काठमाडौं, बैशाख २४

सरकारले अन्तर्राष्ट्रीय सीमा नाका र अन्तराष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढिरहेका बेला सीमा नाका जेठ १८ सम्म बन्द गर्ने र थप कडाई पनि गर्ने निर्णय गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिमा क्षेत्रमा निगरानी थप बढाउने निर्णय गर्दै नाका बन्दलाई कडा बनाउने निर्णय गरेको छ । यसैगरी सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडानमा लगाएको प्रतिबन्धलाई पनि बढाएर जेठ १८ सम्म पुर्‍याएको छ ।

यसअघि यो प्रतिबन्ध जेठ २ सम्म जारी गरिएको थियो । मन्त्रिपरिषद्ले लकडाउन जेठ ५ गतेसम्म जारी राख्ने निर्णय पनि गरेको छ । यस्तै, सरकारले भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा साँझ दिप प्रज्ज्वलन गर्न पनि नागरिकहरुलाई आग्रह गरेको छ ।