जनता टाइम्स

२४ बैशाख २०७७, बुधबार १८:३२

एजेण्डा तय हुन नसकेपछि नेकपाको स्थायी कमिटी बैठक अनिश्चित : अध्यक्षद्वयलाई दिइयो निर्णयको जिम्मेवारी


काठमाडौँ, बैशाख २४

नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक अनिश्चित बनेको छ । एजेण्डा तय हुन नसक्दा विहिवार विहान बोलाइएको बैठक अनिश्चित बनेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एजेण्डा टुंगो लाग्न नसकेको जानकारी गराउनु भएको थियो ।

स्रोतका अनुसार बैठकका एजेन्डाबारे दुई अध्यक्षबीच कुरा नमिलेपछि सचिवालयमा छलफल गरिएको थियो । त्यहापनि कुरा नमिलेपछि फेरी अध्यक्षद्वयले छलफल गर्ने भन्दै सचिवालय बैठक सकिएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीचको छलफलले स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने वा बैठक नै के गर्ने भन्नेबारे निर्णय हुने जानकारी दिनुभयो । सचिवालय बैठक लगत्तै दुवै अध्यक्षबीच बालुवाटारमा छलफल भईरहेको छ ।