जनता टाइम्स

२५ बैशाख २०७७, बिहीबार ०७:४७

कोरोनाबाट २६४८०० बढीको मृत्यु, निको भए झण्डै १३ लाख


काठमाडौं, बैशाख २५ । कोरोना भाइरस ९कोभिड–१९० को कारण विश्वभर सङ्क्रमित हुनेको सङ्ख्या ३८ लाख नाघेको छ ।

दुई सय १२ वटा देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या ३८ लाख १८ हजार सात सय ९१ पुगेको छ । सङ्क्रमणको कारण अहिलेसम्म दुई लाख ६४ हजार आठ सय जनाको ज्यान गइसकेको छ ।

त्यस्तै सङ्क्रमितमध्ये १२ लाख ९९ हजार पाँच सय तीन जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेकामध्ये २२ लाख आठ हजार नौ सय ३४ जनाको अवस्था सामान्य छ भने ४८ हजार दुई सय ११ जनाको अवस्था सामान्य छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । अमेरिकामा सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा बढी छ ।

अमेरिकामा मात्रै १२ लाख ६३ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ७४ हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । अहिलेसम्म दुई लाख १२ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

स्पेनमा दुई लाख ५३ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २५ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । एक लाख ५९ हजार तीन सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

इटलीमा दुई लाख १४ हजार चार सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २९ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । ९३ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

बेलायतमा दुई लाख एक हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ३० हजारभन्दा धेरैको ज्यान गएको छ । उपचारपछि निको भएकाको सङ्ख्या खुलाइएको छैन ।

त्यस्तै फ्रान्समा एक लाख ७४ हजार एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा २५ हजार आठ सयभन्दा धेरैको ज्यान गएको छ । ५३ हजार नौ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

जर्मनीमा एक लाख ६८ हजार एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा सात हजार दुई सय ७५ जनाको ज्यान गएको छ । एक लाख ३७ हजार ६ सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

रुसमा एक लाख ६५ हजार नौ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । २१ हजार तीन सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

टर्कीमा एक लाख ३१ हजार सात सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा तीन हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । ७८ हजार दुई सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

ब्राजिलमा पनि सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा धेरै छ, अहिलेसम्म एक लाख २६ हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा आठ हजार पाँच सयभन्दा धेरैको ज्यान गएको छ । ५१ हजार तीन सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

इरानमा एक लाख एक हजार ६ सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ६ हजार चार सयभन्दा धेरैको ज्यान गएको छ । ८१ हजार पाँच सयभन्दा धेरै उपचारपछि निको भएका छन् ।

भारतमा ५० हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा एक हजार सात सयभन्दा धेरैको ज्यान गएको छ । १५ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् ।