काठमाडौं, बैशाख २५
राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजयन्तीका अवसर पारेर स्वयम्भुनाथमा दीप प्रज्वलन गर्नुभएको छ । भगवान् गौतम बुद्धको २५६४ औं जन्मजयन्तीका अवसरमा बिहीबार काठमाडौंको स्वयम्भुनाथ पुगेर दीप प्रज्वलन गर्नुभएको हो ।
दीप प्रज्वलनका लागि राष्ट्रपति भण्डारी अपरान्ह १२ बजेतिर स्वयम्भु पुग्नु भएको थियो । भण्डारीले स्वयम्भु परिसरभित्र रहेको आनबुद्धि बिहारमा दीप प्रज्वलन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्