जनता टाइम्स

२६ बैशाख २०७७, शुक्रबार ०३:५४

धोबिघाट गुट भेला पार्टी बिभाजनतर्फ केन्द्रित रहेको नेकपा प्रवक्ता श्रेष्ठको संकेत : गरे यस्तो अपिल


काठमाडौं, बैशाख २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले केही दिनयता पार्टीभित्र गहिरिदो शक्तिसंघर्ष उत्कर्समा पुगेको र पार्टी नै बिभाजनको दिशातर्फ रहेको संकेत गर्नुभएको छ । स्थायी कमिटीमा केही नेताहरुले धोबिघाट हुँदै पार्टी नेतृत्वबिरुद्ध निरन्तर गुट भेला गरेपछि प्रवक्ता श्रेष्ठले यस्तो संकेत गर्नुभएको हो । प्रवक्ता श्रेष्ठले बिहीबार लगातार तीन ट्वीटमार्फत् पार्टी नेकपाभित्रको बिवादबारे मुख खोल्नुभएको हो ।

‘गणेशमानजी र किसुनजीले नेका एक राख्न पार्टी परित्यागसम्म गर्नुभयो । त्यो कदम ठीक थियो कि थिएन, बहस होला । तर, पार्टी बचाउन गरिएको त्यागको उत्कर्ष हो त्यो। हामी पनि हाम्रो पार्टीलाई बचाउन जे गर्न पनि तयार हुनुपर्छ। तर, पार्टीलाई फुटबाट मात्र होइन, बिसर्जनको खतराबाट पनि जोगाउनु पर्छ,’ प्रवक्ता श्रेष्ठले पहिलो ट्विटमा लेख्नुभएको छ । उहाँले तत्कालै अर्को ट्विट पनि गर्नुभयो, ‘अतः नेपाली जनताको भरोसाको प्यारो पार्टी नेकपालाई फुट र बिसर्जनको खतराबाट बचाऔं, एकता र रुपान्तरणको पक्षमा उभिऔं। आ-आफ्नो ठाँउबाट भूमिका खेलौं, योगदान गरौं । पार्टी एकता र देश तथा जनताको पक्षमा सरकारको सफलता हाम्रो आजको केन्द्रीय कार्यभार हुन् । नीजि स्वार्थ त्यागौं, यो काम पूरा गरौं।’

प्रवक्ता श्रेष्ठले अर्को पनि ट्वीट गर्नुभएको छ, ‘समाजवाद सत्ताप्राप्ति वा सत्तासञ्चालनमा सिमित अवधारणा होइन। यो त शोषित-श्रमजीवी वर्ग र अन्ततः सिंगै मानवजातिको मुक्तिको परियोजना हो । सत्ता उक्त उद्देश्यका निम्ति साधन र जिम्मेवारी हो । यो सत्यलाई आत्मसात नगर्ने हो भने हामी मौका नपाएर बेईमान नभएका तुच्छ अवसरवादीमा परिणत हुनेछौं । के हुने ?’ नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले बिहीवारका लागि तय गरिएको स्थायी कमिटी बैठक स्थगित गर्नुभएको थियो । मुलुक कोरोनाबिरुद्धको लडाईमा रहेको र सरकारको नीति तथा कार्यक्रम र बजेटमा ध्यान केन्द्रित गर्नुपर्ने भएकोले स्थायी समिति बैठक स्थगित गरिएको निर्णय दुई अध्यक्षले गर्नुभएको थियो ।

सचिवालय बैठकले बिहीबार बस्ने भनिएको स्थायी कमिटी बैठकको एजेन्डा तय गर्न नसकेपछि अध्यक्षदेवयलाई निर्णयको जिम्मा दिएको थियो । दुवै अध्यक्षले बैठक स्थगित गरी बजेटपछि बस्ने निर्णय लिनुभएको हो । अध्यक्षदेवय ओली र प्रचण्डको सो निर्णयको पनि हस्ताक्षरवाला नेताहरुले बिरोध गर्दै आएका छन । ती नेताहरु एकता भाँडेर अल्पमत बुहमत भन्दै आफूहरु अनुकुल निर्णय हुनुपर्ने भन्दै पार्टीमा एकताको बेला भएको सहमति भाँडन लागिपरेका छन ।

यसअघि बैशाख २० को सचिवालयको निर्णय कार्यन्वयनमा आलाटल भएको भन्दै प्रवक्ता श्रेष्ठले मंगलबार पनि यस्तै दुई ट्वीट गर्नुभएको थियो । यद्यपी उहाँ आफै गुट भेलामा सहभागी हुनुभएको थियो । प्रवक्ता श्रेष्ठको यो भनाईले स्थायी समिति सदस्यहरुले धोबिघाटमा गरेको गुट भेलाले पार्टी बिभाजन गर्नेसम्मको निश्कर्ष निकालेको तथ्यलाई उजागर गरेको छ ।

धोबिघाटमा भेलामा सहभागी केही नेताबाहेक अधिकांश पार्टी एकताको बिपक्षमा उभिएका थिए । तात्कालिन नेकपा एमालेको आठौं महाधिवेशनपछि क्षेत्री पार्टी खोल्न हिडनुभएका नेता नेता भीम रावलले सो भेलाको नेतृत्व गर्नुभएको थियो । धोबिघाट भेलामा रावलले जसरी पनि आफूहरुको अभियानलाई सार्थक रुप दिने घोषणा गर्नुभएको थियो । एमालेको आठौं महाधिवेशनमा उपाध्यक्षमा पराजीत भएपछि बल्खु नै नटेक्नु भएका रावललाई तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई समेत सुईको नदिई गृहमन्त्री नियुक्त गरी शपथ खुवाउनु भएपछि केन्द्रीय सदस्यको पनि शपथ लिनुभएको थियो । अहिले मन्त्री र केन्द्रीय सचिवालय सदस्य नपाएको झोकमा पार्टी बिभाजनका लागि रावल अघि बढनु भएको हो ।

धोबिधाट भेलामा सहभागी एमालेतर्फका थुपै्र नेताहरु केपी ओलीको समयमा पार्टी एकता गर्नुहुन्न भन्दै माओवादी नेता तथा एकताका सुत्रधारलाई भडकाउने अभियानमा थिए । एकतापछि पनि ओलीले आफूहरुलाई पत्तै नदिई माओवादीसँग एकता गरेर एमाले बिलय गराएको भन्दै उपयुक्त समयमा अध्यक्ष ओलीलाई नै देखाएर एकता भाँडने घोषणा नै गरेका थिए ।