जनता टाइम्स

२६ बैशाख २०७७, शुक्रबार १५:५४

लकडाउनमै कर्णेलले गराए भयानक दुर्घटना, मोटरसाइकल चालकको लियो ज्यान


काठमाडौं, बैशाख २६ । नेपाली सेनाका प्रमुख सेनानीले चलाएको कारको ठक्करबाट काठमाडौंमा एक जनाको ज्यान गएको छ । कलंकी नजिक रविभवनमा आज प्रमुख सेनानी शिखर जबराले चलाएको कारले मोटरसाइकल चालकको ज्यान लिएको हो ।

प्रहरीका अनुसार आज बिहान कलंकीबाट कालीमाटीतर्फ आइरहेको जवराले चलाएको बा २१ च ४३४७ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको बा ७२ प ८१७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । सो दुर्घटनामा मोटरसाइकल चालक मोरङ बेलबारीका टीकाराज गेलालको मृत्यु भएको हो । चालकलाई अस्पताल पुर्याउने बित्तिक्कै अस्पतालले मृत घोषणा गरिएको थियो ।

प्रहरीले चालक जवरालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ । मोटरसाइकल चालकको मृत्यु भएकोले प्रमुख सेनानी जवरालाई ज्यान मुद्दा चलाइने प्रहरीले बताएको छ ।