जनता टाइम्स

२८ बैशाख २०७७, आईतवार १९:५६

सन् २००२ पछि सरकारमा बसेकाले सीमाबारे नबोलेकै राम्रो


काठमाडौं, बैशाख २८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता प्रदीप नेपालले सीमाका विषयमा सन् २००२ पछि गठन भएका सरकारमा रहेका व्यक्तिले नबोलेकै राम्रो भएको बताउनु भएको छ । पछिल्लो समय मिडियामा खपत हुने गरी बोल्ने प्रवृति रहेकोतर्फ औल्याउदै उहाले सन् २००२ पछिका प्रधानमन्त्री, परराष्ट्रमन्त्री र गृहमन्त्रीलाई सीमाबारे नबोल्न आग्रह गर्नुभएको हो ।

उहाले आफु पदमा हुँदा सिमाका विषयमा केही नबोल्ने र अहिले चर्को स्वरमा कराउनुको कुनै अर्थ नहुने स्पष्ट पार्नुभयो । सामाजिक सञ्जालमा छोटो टिप्प्णी गर्दै नेता नेपालले लेख्नु भएको छ, ‘सन् २००२ यताका प्रधानमन्त्री, परराष्ट्रमन्त्री, गृहमन्त्री भएका महानुभावहरुले लिपुलेक सडकको बारेमा नबोल्नु नै उचित हुन्छ ।’