जनता टाइम्स

२९ बैशाख २०७७, सोमबार ०७:०१

विश्वभर कोरोनाबाट ४२ लाख संक्रमित, १४ लाख ६ हजार ३ सय ४५ जना संक्रमणमुक्त


काठमाडौं, २९ बैशाख । विश्वभर कोरोना संक्रमितको संख्या झन्डै ४२ लाख पुगेको छ। ओल्र्डमिटरका अनुसार आज बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कुल ४१ लाख ८० हजार १ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमितको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ । अमेरिकामा १३ लाख ७६ हजार ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, स्पेनमा २ लाख ६४ हजार ३ सय ५०, बेलायतमा २ लाख १९ हजार ४ सय ४९, इटालीमा २ लाख १९ हजार ७०, रुसमा २ लाख ९ हजार ६ सय ८८, फ्रान्समा १ लाख ७७ हजार ९४, जर्मनीमा १ लाख ७१ हजार ८ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। विश्वभर २ लाख ८३ हजार ९ सय ५३ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ।

त्यहाँ ८० हजार ७ सय ८७ जनाको मृत्यु भइसकेको छ। बेलायतमा ३१ हजार ९ सय ३०, इटालीमा ३० हजार ५ सय ६०, स्पेनमा २६ हजार ६ सय २१, फ्रान्समा २६ हजार ३ सय ८३, ब्राजिलमा ११ हजार १ सय २३, बेल्जियममा ८ हजार ६ सय ५६ जनाको मृत्यु भइसकेको छ।

विश्वभर १४ लाख ६ हजार ३ सय ४५ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा सर्वाधिक छ। त्यहाँ २ लाख १६ हजार १ सय ६९ संक्रमणमुक्त भएका छन्। त्यस्तै, १ लाख ४४ हजार ४ सय, स्पेनमा १ लाख ३६ हजार १ सय ६६, इटालीमा १ लाख ५ हजार १ सय ८६ जना संक्रमणमुक्त भएका छन्। नेपालमा पनि १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ३३ जना संक्रमणमुक्त भइसकेका छन्।