जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार १२:२४

गगन थापालाई कवितामार्फत नवराज सिलवालको काउन्टर : निद्राबाट ब्युझिएर कराउन थाले


काठमाडौं, बैशाख ३०

प्रतिनिधिसभाको बर्खे अधिवेशन अहिले चालु अवस्थामा छ । संसदमा बजेटका विषयमा छलफल भईरहेको छ । लकडाउनले गर्दा अहिले प्रकृतिक निक्कै फुलेको छ, शहरमा जतात्यतै सुन्दरता देखिएको छ ।

यस्तो मनमोहक अवस्थामा संसदभित्र पनि कविताहरु फुर्न थालेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मे १ र २ तारिखमा राति लेखेको कविता पहिलो पटक सार्वजनिक भयो । त्यसपछि त्यसलाई कटाक्ष गर्दै नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा कविता बाचन गर्नुभयो ।

मंगलबारको बैठकमा कांग्रेसका सांसद थापालाई कटाक्ष गर्दै नेकपाका सांसद नवराज सिलवालले पनि कटाक्ष गर्नुभएको छ । उहाले कविताको माध्यमबाट विगतमा सरकारमा हुँदा निदाएकाहरु अहिले झसंग ब्युझिए ठुला ठुला स्वरमा आवाज निकाल्न थालेको भन्दै व्यंग गर्नुभएको छ ।

यस्तो छ उहाको ‘अतिक्रमण’ नामको कविता

हाम्रो देश हिजो पनि अतिक्रमणमै थियो
सीमाना निरन्तर दुखेकै थियो
विस्तारवादीहरुको अतिक्रमण
भ्रष्टचारीहरुको अतिक्रमण
दलाल नोकरशाहीहरुको अतिक्रमण
भोका नांगा साधारणमाथीको अतिक्रमण
निरन्तर नै थियो अतिक्रमण

हिजो उनिहरु नै वर्षौ वर्ष सत्तामा थिए
केही ठोस गरेको पनि सुनिएन
अनायास झसङग निद्राबाट ब्युझिए झै
आज आवाज ठुलो सुनिएको छ
हिजो सत्तामा उन्मात मच्चाएकै हुन्
पुलिस र अदालत छप्काएकै हुन्
विचौलियाको कमिसन पचाएकै हुन्

जे होस् आज हामी सबै फरक परिस्थितिमा उभिएका छौं
मुलुकको अस्मिता जोगाउनुपर्ने स्थितिमा छौं
इतिहासको संघिन मोडमा सरकारमाथी प्रहार गरेर मात्र होइन्
बरु सरकार र प्रतिपक्ष सँगै उभिएर
राष्ट्रिय स्वाभिमान सम्बद्र्धनका खातिर
सरकार, सदन र सडकबाट सयुक्त आवाज,
सयुक्त पहल, सयुक्त राष्ट्रिय मोर्चा आजको आवश्यकता