जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार १४:१४

जेठ २ गते अपरान्ह ४ बजे सरकारको नीति तथा कार्यक्रम


काठमाडौं, बैशाख ३०

सरकारले जेठ २ गते अपरान्ह ४ बजे सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले जेठ २ गते अपरान्ह ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारीलाई आग्रह गर्ने निर्णय गरेको छ । उहालाई सो आग्रह सरकारले आजै पठाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कोरोनाभाइरसको प्रभावलाई न्यूनिकरण गर्ने, रोजगारी बढाउनेलगायतका विषयमा केन्द्रीत हुने जनाएको छ । अहिले संसदमा प्रिबजेट छलफल भईरहेको छ । संविधान अनुसार जेठ १५ गतेभित्र बजेट ल्याईसक्नुपर्नेछ । त्यसको अगाडी नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।