जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार २१:३०

बाहिरबाट उपत्यका आउन गृह मन्त्रालयको लिखित पत्र चाहिने


काठमाडौं, बैशाख ३०

गृह मन्त्रालयले सवारी पासलाई कडा बनाएपछि अब उपत्यका आउन लिखित स्विकृति चाहिने भएको छ । उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहको स्वीकृति लिनुपर्ने भएको हो ।

गृह मन्त्रालयले आज एक परिपत्र जारी गर्दै भनेको छ, ‘अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने ।’ गृहले त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्विकृति नम्बर समेत अनिवार्य समावेश गर्नुपर्ने जनाएको छ ।

पास स्विकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइ समेत खुलाउनुपर्नेछ । पासबिना एक जिल्लाबाट अर्को जिल्लामा सवारी आवागमन भएको पाईए तत्काल सुरु जिल्लाले नै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउन समेत गृह मन्त्रालयले निर्देशन दिएको छ ।

*जेठ १ गतेदेखि लागू हुनेगरी गृहमन्त्रालयले जारी गरेको परिपत्र

१ एक जिल्लाबाट अर्कोजिल्लामा जाने गरि हालसम्म जारी भएका ईपाससहित सबै सवारी पास रद्ध

२ अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्कोजिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाको प्रमुख जिल्ला अधिकारीको स्विकृतिमा मात्रै जारी गर्नुपर्ने ।

३अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयको स्वीकृति लिनुपर्ने

४ त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयको स्विकृति नम्बर समेत समावेश गर्नुपर्ने

५ पास स्विकृतिका लागि अनुरोध गर्दा पास जारी गर्नुपर्ने प्रयोजन र पुस्ट्याइ समेत खुलाउनुपर्ने ।

६ पासबिना एक जिल्लाबाट अर्को जिल्लामा सवारी आवागमन भएको पाईए तत्काल सुरु जिल्लालेनै अर्को जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउने