जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार २२:३७

काठमाडौं र भक्तपुरमा पुन: कोरोना संक्रमण देखियो


काठमाडौं, बैशाख ३०

काठमाडौं उपत्यकामा पुन कोरोना संक्रमित फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परेको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार भक्तपुरका २५ वर्षिया महिला र २७ वर्षिय पुरुष एवम् काठमाडौंका ३३ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।