जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार ०९:४९

साउदीमा ६७४ नेपालीमा कोरोना संक्रमण


साउदी, बैशाख ३१ । साउदी अरेबियामा ६ सय ७४ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण देखिएको छ ।

साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६, पश्चिम क्षेत्रमा १ सय ४८, रियादमा क्षेत्रमा १ सय ७५, कसिम र हायल क्षेत्रमा तीन(तीन तथा अन्य स्थानमा ९ नेपालीमा सङ्क्रमण देखिएको हो।

साउदीको पूर्व क्षेत्रमा नेपाली श्रमिकको बाक्लो उपस्थिति रहेको छ । सङ्क्रमितमध्ये कैयौँ निको भई काममा फर्किसकेको रियादस्थित नेपाली दूतावासले जनाएको छ। सङ्क्रमितमध्ये एक जनाको मृत्यु भएको साउदी सरकारले पुष्टि गरेको छ। साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार ९ सय २५ पुगेको छ । सङ्क्रमितमध्ये हालसम्म १५ हजार २५७ निको भएका छन् । हालसम्म २६४ संक्रमितको मृत्यु भएको छ ।