जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार १४:०१

बाँके र कपिलबस्तुमा थपिए कोरोनाका दुई संक्रमित : २१९ पुग्यो कुल संक्रमित संख्या


काठमाडौं, बैशाख ३१

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २१९ पुगेको छ । बुधबार धुलिखेलस्थित धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

संक्रमित व्यक्ति नेपालगञ्ज वडा नम्बर ८ निवासी ३६ वर्षीय पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै, कपिलबस्तु नगरपालिका–५ का २२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।