जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार १४:२५

सीमा विवादका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आव्हान


काठमाडौं, बैशाख ३१

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साढे चार बजे सर्वदलीय बैठक बोलाउनु भएको हो ।

सीमा विवाद र कोरोना महामारीका विषयमा छलफल गर्न उहाले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पूर्वप्रधानमन्त्रीलाई डाक्नु भएको छ । मुख्य रुपमा सीमा विवादकै विषयमा छलफल हुनेछ ।

नेपालको भूमि मिचेर लिपुलेकमा भारतले सडक बनाएपछि दुई देशबीच सम्वन्धमा चिसो उत्पन्न भएको छ । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विषयमा केकसरी अघिबढ्ने भन्ने बारे यो बैठकमा छलफल हुनेछ । यस्तै, पछिल्लो समय बढ्दो कोरोना माहामारीलगायतका विषयमा छलफल हुने बताइएको छ ।