जनता टाइम्स

१ जेष्ठ २०७७, बिहीबार ०७:१७

विश्वभर १६ लाख ५७ हजार भन्दाबढी कोरोना संक्रमित उपचारपछि निको


काठमाडौं, जेठ १ । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म १६ लाख ५७ हजार ८ सय ३५ जना निको भएका छन् । कोरोनाबाट ज्यान गुमाउनेको संख्या बिहीबार बिहान यो समाचार तयार गर्दा सम्म २ लाख ९८ हजार ८० पुगेको छ ।

स्वास्थ्य संगठनका अनुसार २४ लाख ७१ हजार ७ सय ४९ जना अझै कोरोना विरुद्ध संघर्ष गरिरहेका छन् । त्यसमध्ये ४५ हजार ९ सय २० को अवस्था गम्भीर छ । विश्वमा अहिलेसम्म ४४ लाख २७ हजार ५ सय ४३ जनालाई कोरोना लागिसकेको छ ।