जनता टाइम्स

१ जेष्ठ २०७७, बिहीबार १८:५७

जिल्ला भित्र चल्ने सवारीको पास पनि खारेज, लकडाउनको अनुगमन अब वडाले गर्ने


काठमाडौँ , जेठ १

लकडाउन कडा बनाउने नीति लिएको सरकारले जिल्ला भित्रका पास समेत खारेज गरिदिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास गृह मन्त्रालयले खारेज गरेको हो ।

जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धीत जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताउनु भयो ।

अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने उहाले बताउनु भयो । प्रेसको हकमा सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने उहाको भनाई छ । मन्त्रालयले यसअघि जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु यसअघि नै मन्त्रालयले खारेज गरिसकेको छ ।

यसैबीच, आज गृह मन्त्रालयमा भएको बैठकले अब लकडाउनलाई थप कडा बनाउन सम्वन्धित वडाका कामलाई प्रभावकारी बनाउने र राहत पनि एकद्वारबाट वितरण गर्ने सहमति बनेको छ ।