जनता टाइम्स

१ जेष्ठ २०७७, बिहीबार २१:१०

सिन्धुपाल्चोकबाट काठमाडौ छिर्ने नाका टाइट, एक जना पनि छिर्न पाएनन


काठमाडौं, जेठ १ । साँखु प्रहरीले सिन्धुपाल्चोक र काभ्रेबाट काठमाडौं भित्रने नाकामा कडा सुरक्षा ब्यवस्था मिलाएको छ । लकडाउन केही खुकेला पारेलगत्तै उपत्यकामै कोरोना संक्रमित फेला परेपछि सरकारले कडा पार्न दिर्नेशन दिएपछि साँखु प्रहरीले नाका टाइट गरेको हो ।

बिश्वभर महामारी बनेर सन्त्रास फैलाइ रहेको कोरोना भाइरस (कोभिड १९ ) को कारण नेपालमा पनि चैत्र ११ गतेदेखि लकडाउन गरी अत्यावश्यक सेवा मात्र सञ्चालन गरिएको छ । लकडाउनको समयमा बैशाख २५ गते देखि ४२ सेवा सन्चालन गर्दै उपत्यकामा लकडाउन केही खुकुलो गरिएकोमा देश भर कोभिड १९ को संक्रमण बढेको र उपत्यकामा समेत कोरोना संक्रमण देखिएपछि सरकारले पुनः लकडाउन टाइट गर्न निर्देशन दिनसाथ सिन्धुपाल्चोकबाट उपत्यका छिर्ने चापाकोट र चौकी भन्ज्याङ नाका र काभ्रेबाट छिर्ने कात्तिके नाका शाखु प्रहरी प्रभागले एम्बुलेन्स बाहेक पास बेगर कसैलाई पनि प्रवेश गर्न निशेध गरेको छ।

प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीका अनुसार अब यी नाकाबाट एम्बुलेन्सबाहेकका कुनै पनि सवारी साधन प्रबेश गर्न दिइने छैन भने एम्बुलेन्समा समेत बिरामीसँग दुई जना भन्दा बढी सहयोगी ल्याउन पाइने छैन । अन्य अत्यावश्यक सेवाको हकमा गृहमन्त्रालयबाट प्राप्त कोड नम्बरसहितको पासलाई मात्र मान्यता हुने प्रहरी निरीक्ष्ँक पन्थीले जानकारी दिनुभयो ।

पन्थीले महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक बिश्वराज पोख्रेल र प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक श्याम ज्ञवालीको निर्देशन पश्चात् जनताको प्रत्यक्ष स्वास्थसङ्ग जोडिएको विषय भएकोले आफू जनप्रतिनिधिसहित नाकामा खटिइ उपत्यका छिर्ने नाका कडाइ गर्न लागि परेको बताउनु भयो । प्रत्येक नाकामा नेपाल प्रहरीसहित नगरपालिकाको हेल्प डेस्क र स्थानीयसमेत रहेको प्रहरी निरीक्षक पन्थीले बताउनु भयो ।

शंखरापुर नगरपालिका वडा नं ३ का अध्यक्ष सन्तबहादुर वाइवाका अनुसार आज सिन्धुपाल्चोकबाट कोही पनि उपत्यका छिर्न पाएनन । उहाँले साँखु प्रहरीले जसरी नै उपत्यका छिर्ने अन्य नाकामा पनि यस्तै कडाइ गरे उपत्यका सुरक्षित रहने बताउनु भयो ।