जनता टाइम्स

२ जेष्ठ २०७७, शुक्रबार ११:४७

कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोली हान्ने अधिकार प्रदान


वीरगञ्ज, जेठ २

पर्सामा कोरोना संक्रमित पटक पटक भाग्न थालेपछि सुरक्षाकर्मीलाई गोली समेत हान्न पाउने अधिकार दिइएको छ । संक्रमित भागेर जोखिम झन बढाएपछि गोली हान्ने अधिकार दिइएको हो ।

सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको छ ।

संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको खुलेको छ । गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए । प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो ।