काठमाडौं, जेठ ४
सिन्धुपाल्चोकी २९ वर्षिया महिलाको कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु भएपछिको जटिल मानिने शव व्यवस्थापनमा नेपाली सेना र नेपाल स्काउटले सहासिक कार्य गरेका छन् ।
जेठ १ गते राति महिलाको मृत्यु भएपनि सबै प्रक्रिया पुरा गरी शनिवार राति शव व्यवस्थापन गरीएको थियो । कोरोनाले मृत्यु भएपछि दाहसंस्कार भने कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले बनाएको शव व्यवस्थापनसम्बन्धी कार्यविधि अनुसार गर्नुपर्दछ । संक्रमण नफैलियोस् भनेर सतर्कता अपनाउन यो नीति अख्तियार गरिएको हो । शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार स्थलमा लानुपर्ने शर्त अनुसार कोरोना पुष्टि भएपछि पशुपतिमा रहेको विद्युतीय शवदाह गृहमा लैजाने निर्णय विपद व्यवस्थापन समितिको बैठकले गर्यो ।
तर, समस्या भने अब आयो । शव काठमाडौ लिएर कसले जाने । नेपालमा कोरोनाबाट मृत्यु भएको पहिलो केस भएकाले शव लिएर जान सबै हिच्किचाए । त्यसपछि भक्तपुर अस्पतालमा रहेको विपद व्यवस्थापनमा फोन आयो । त्यहा छलफलपछि शव व्यवस्थापनमा जान तयार भए, त्यहा रहेका नेपाल स्काउटका दुई स्काउटर र नेपाली सेना ।
विगत केही महिनादेखी भक्तपुर अस्पताल परिसरमा कोरोनाको लडाईविरुद्ध स्थानीय नागरिकलाई सहयोग र स्वयंसेवकका रुपमा कार्यरत अरुण सैंजु र राजेश गाईजू जान तयार भए । उनिहरु विगतमा पनि कोरोनाको शंकास्पद व्यक्ति र अन्य विरामीलाई घरबाट अस्पतालसम्म ल्याउने लैजाने काम गरिरहेका थिए । धुलिखेल अस्पतालको एम्बुलेन्सले शव लैजान नमानेपछि स्काउटको विपत व्यवस्थापन तालिम लिएका दुई स्काउटर र नेपाली सेनाले सो शव पशुपति पु¥याएका थिए । धुलिखेलबाट शवदाह गृह पु¥याउन निक्कै उच्च तरिकाको सुरक्षा व्यवस्था अपनाइएको थियो । रातिको समय भएकाले सडक खाली गरेर शव पशुपति पु¥याइएको हो ।
शव त्यहा पु¥याएपछि कार्यविधि अनुसार अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारमा मृतक २९ वर्षिया महिलाका श्रीमानलाई मात्र सहभागी हुन दिइएको थियो । भक्तपुर स्काउटका जिल्ला आयुक्त रामगोपाल कर्माचार्यका अनुसार शव लैजान सहयोगी भूमिका खेलेका अरुण र राजेश अहिले क्वारेन्टाइनमा बसेका छन् । सुर्य विनायकस्थित नेपाली सेनाको ब्यारेकमा बनाइएको क्वारेन्टाइनमा गएराति देखी नै दुवै जना बसेको उहाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्