जनता टाइम्स

५ जेष्ठ २०७७, सोमबार २०:३४

मन्त्रिपरिषद्को निर्णय ऐतिहासिक, धन्यवाद प्रम ओली : पर्यटनमन्त्री भट्टराई


काठमाडौं, जेठ ५

पर्यटनमन्त्री योगेश भट्टराईले सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय ऐतिहासिक भएको प्रतिक्रिया दिनु भएको छ । मन्त्रिपरिषद्ले पहिलो पटक नेपालको ऐतिहासिक भूमि समेटेर नयाँ नक्सा स्विकृत गरी जारी गर्ने निर्णय गरेपछि उहाले यो ‘इतिहासको पन्नामा सुवर्ण अक्षरले लेखिने’ बताउनु भयो ।

भारतद्वारा अतिक्रमित कालापानीदेखि लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकपछि ट्वीट गर्दै भट्टराईले भन्नुभएको छ, ‘आज नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णय इतिहासको पन्नामा सुवर्ण अक्षरले त लेखिने नै छ। आजको मिति र निर्णय युगयुगसम्म हाजिरीजवाफमा सोधिने प्रश्नका रुपमा पनि अमर भइरहने छ। धन्यवाद प्रम केपी शर्मा ओली।’