जनता टाइम्स

५ जेष्ठ २०७७, सोमबार २०:५१

यस्तो हुनेछ नेपालको अबको आधिकारीक नक्सा, तत्कालै लागु गर्ने सरकारको निर्णय


काठमाडौं, जेठ ५

सरकारले विगतमा छुटेको नेपालको अन्तर्राष्ट्रिय सीमासहित समेटेर तयार पारिएको नक्शा तत्कालै लागु गर्ने निर्णय गरेको छ । नक्शा पारित भएसँगै तत्काल प्रयोगमा आउने भएको हो ।

सरकारका प्रवक्ता, अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बैठकका निर्णय सार्वजनिक गर्दै नक्शा तत्काल लागू हुने जानकारी दिनुभयो । ‘नक्सा बमोजिम नै निशाना छापहरु, सरकारी कामकाजमा प्रयोग गर्ने नक्साहरु, विद्यालयमा पठाइने पाठ्यपुस्तकहरु र सार्वजनिक प्रयोगमा ल्याइने नेपालको नक्सा यही अनुसार नै अब अध्यावधिक हुनेछ ’, उहाले भन्नुभयो ।

सरकारले प्रशासनिक र राजनीतिक प्रबन्ध पनि समेटेर नयाँ नक्शा पारित गरेको हो । नक्शामा नेपालको पश्चिम उत्तरी सीमाना लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ । ‘नया नक्सामा हाम्रा अन्तराष्ट्रिय सिमानाहरुमा खासगरी नेपालको पश्चिमी उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ’, उहाले भन्नुभयो, ‘नक्सामा नेपालको संघियता अनुरुपका प्रदेश, स्थानीय तहहरु पनि समेटिएका छन् । अन्तराष्ट्रिय अन्य सिमाहरु यथावत नै छन् ।’