जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार १०:३२

पहिलो त्रैमासमा नबिल बैंकको नाफा सबैभन्दा बढी, १० बैंकको नाफा अर्बमाथि


काठमाडौं, कात्तिक १५। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नबिल बैंकले वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी खुद नाफा आर्जन गरेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो। यस वर्ष नबिलको नाफा ८० करोड रुपैयाँले बढेको छ।

नाफाका आधारमा दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले समीक्षा अवधिमा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १ अर्ब ८५ करोड रुपैयाँ थियो।

त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नाफामा उल्लेख्य सुधार गरेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा बैंकको नाफा ५८ करोड रुपैयाँ मात्रै थियो।

समीक्षा अवधिमा १० वटा बैंकले १ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन्। नबिल, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकपछि एभरेष्ट बैंक, प्राइम कमर्सियल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनएमबि बैंक, कृषि विकास बैंक, कुमारी बैंक र सानिमा बैंक रहेका छन्।

एभरेष्ट बैंकले १ अर्ब २५ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले समान १ अर्ब १८ करोड रुपैयाँ नाफा कमाएका छन्। त्यस्तै, एनएमबि बैंकले १ अर्ब १६ करोड, कृषि विकास बैंकले १ अर्ब ९ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र सानिमा बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन्।

नाफाका आधारमा बैंकहरूको क्रम (बढीबाट कम)

क्रमबैंकको नामखुद नाफा
१नबिल बैंक२ अर्ब ५५ करोड
२ग्लोबल आइएमई बैंक२ अर्ब ३१ करोड
३राष्ट्रिय वाणिज्य बैंक१ अर्ब ६४ करोड
४एभरेष्ट बैंक१ अर्ब २५ करोड
५प्राइम कमर्सियल बैंक१ अर्ब १८ करोड
६नेपाल इन्भेष्टमेन्ट मेगा बैंक१ अर्ब १८ करोड
७एनएमबि बैंक१ अर्ब १६ करोड
८कृषि विकास बैंक१ अर्ब ९ करोड
९कुमारी बैंक१ अर्ब ७ करोड
१०सानिमा बैंक१ अर्ब ५ करोड
११सिद्धार्थ बैंक८५ करोड १५ लाख
१२नेपाल बैंक८३ करोड २१ लाख
१३हिमालयन बैंक६८ करोड ४८ लाख
१४स्ट्यान्डर्ड चार्टर्ड बैंक६७ करोड १४ लाख
१५लक्ष्मी सनराइज बैंक६५ करोड ३३ लाख
१६प्रभु बैंक६४ करोड ७४ लाख
१७नेपाल एसबिआई बैंक५५ करोड ८५ लाख
१८माछापुच्छ्रे बैंक५५ करोड ११ लाख
१९एनआइसी एशिया बैंक१२ करोड ७४ लाख
२०सिटिजन्स बैंक१० करोड २७ लाख

गत आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ४ लाख रुपैयाँ नोक्सानीमा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड २७ लाख रुपैयाँ खुद नाफामा पुगेको छ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकले गत वर्षको ३३ करोड २३ लाख रुपैयाँको तुलनामा यस वर्ष ६५ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। प्रभु बैंकको नाफा ३६ करोड ५७ लाखबाट बढेर ६४ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

सिद्धार्थ बैंकले पनि उल्लेख्य सुधार गर्दै गत वर्षको ३२ करोड ४० लाख रुपैयाँबाट नाफा बढाएर ८५ करोड १५ लाख रुपैयाँ पुर्‍याएको छ।

यसरी समीक्षा अवधिमा अधिकांश बैंकले नाफा बढाएका छन् भने केही बैंकको नाफामा सामान्य उतारचढाव देखिएको छ।