जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार ०९:०१

अरुको आलोचना गर्नुभन्दा आत्मालोचना गरेर कमजोरी सुधार्नु बेस : मुख्यमन्त्री थापा


काठमाडौं, कात्तिक १५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले अरुको आलोचना गरेर समय बिताउनुभन्दा आत्मालोचना गरी आफ्ना कमजोरी सुधार्नु सबैका लागि हितकर हुने धारणा व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मुख्यमन्त्री थापाले अरुको आलोचना गरेर समय बिताउनु र आफूलाई दुःखी बनाउनुभन्दा आफैंले आफैंलाई मन्थन गरी कमजोरी सुधार्नु सबैको भलाईमा हुने बताउनुभएको हो।

उहाँले आत्मसमीक्षा र आत्मालोचनामार्फत आफ्ना कमजोरी पहिचान गरी सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ।

मुख्यमन्त्री थापाले लेख्नु भएकाे छ- ‘अरुको आलोचना गरेर समय बिताउनु र आफुलाई दुखी बनाउनुभन्दा आत्मालोचना गरेर आफुले आफैँलाई मन्थन गरेर कमजोरी सुधार्नुमा नै सबैको भलाई छ ।’