जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार ०८:३०

अध्यक्ष ओलीद्वारा एमालेका अग्रज नेता छोवाङ तेञ्जेन तामाङको निधनप्रति दुःख व्यक्त


काठमाडौं, कात्तिक १५ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रसुवाका अग्रज नेता, संविधानसभा सदस्य तथा एमालेका केन्द्रीय सल्लाहकार परिषद्का पूर्व सदस्य छोवाङ तेञ्जेन तामाङको निधनप्रति दुःख व्यक्त गर्नु भएकाे छ । 

ओलीले तामाङको निधनको खबरले आफू दुःखी भएको उल्लेख गर्दै लोकतान्त्रिक आन्दोलन तथा रसुवा जिल्लाको राजनीतिक, सामाजिक र समग्र विकासमा उहाँले पुर्‍याएको योगदान स्मरणीय रहने बताउनु भएकाे छ । 

तामाङ नेकपा (एमाले) रसुवाका संस्थापक सदस्य तथा पूर्व जिल्ला कमिटी अध्यक्षसमेत हुनुहुन्थ्याे। उहाँले पार्टी र जिल्लाको विकासमा पुर्‍याएको योगदानको चर्चा गर्दै ओलीले उहाँको निधनबाट पार्टीले एक अनुभवी, निष्ठावान् र समर्पित नेता गुमाएको बताउनु भएकाे छ । 

ओलीले दिवङ्गत तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा पार्टीका सम्पूर्ण पङ्क्तिमा गहिरो समवेदना व्यक्त गर्नु भएकाे छ ।