जनता टाइम्स

१५ कार्तिक २०८३, आइतबार ०७:४८

अर्नब चक्रवातको प्रभाव हट्यो, आजदेखि मौसममा सुधार हुने


काठमाडौं, कात्तिक १५ । ‘अर्नब’ चक्रवातको प्रभावका कारण बिहीबारदेखि देशका धेरै ठाउँमा लगातार परेको वर्षा रोकिएसँगै आजदेखि मौसममा सुधार आउने भएको छ।

शनिबार दिनभर परेको वर्षा साँझदेखि क्रमशः कम हुँदै गएको थियो। राति काठमाडौं उपत्यका आसपासका एक–दुई स्थानमा छिटपुट वर्षा भए पनि देशका अधिकांश ठाउँबाट चक्रवातको प्रभाव हटेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आजदेखि देशभरको मौसममा सुधार आउनेछ। यद्यपि, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यस्तै, तराईका क्षेत्र, उपत्यका तथा खोँचहरूमा बिहानको समयमा केही ठाउँमा हुस्सु तथा कुहिरो लाग्ने अनुमान गरिएको छ।

वर्षा रोकिएर मौसममा सुधार आए पनि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा चिसो बढेको छ।